Saturday, June 23, 2012

याद राख्नु होस्

हजुरहरु द्वारा कुनै प्राणीको केहि अनिष्ट भयो या उसलाई कुनै दुख हुन गयो भने एसको लागि धेरै भन्दा धेरै पश्चाताप गर्नुस ! यो नसोच्नुस कि उसको भाग्य मै दुख लेखिएको थियो म त एक निमित्त मात्र हुँ, म निमित्त बन्दिनथे भने उसलाई उसको कर्म को फल कसरि मिल्थ्यो ?? उसको भाग्य ले नै गर्दा यो सबै भएको हो मेरो एस्मा के दोस ?? उसको भाग्य अनुसार जे सुकै होस् मलाइ के मतलब ?
हजुरको लागि इश्वर अथवा शास्त्र को आज्ञा छ कि हजुर कसैको पनि अनिष्ट नगर्नुस ! हजुर कसैलाइ नराम्रो गर्नु हुन्छ , अपराध गर्नु हुन्छ भने एसको दण्ड अबस्य भोग्नु पर्दछ ,
याद राख्नु होस् , हजुर लाई अरु कसै बाट अलिकति पनि कस्ट मिल्छ भने कति दुखि हुनुहुन्छ ?? यसै गरि उ पनि दुखित हुने गर्दछ त्यसैले कहिले भुलेर पनि कसैको अनिस्ट गर्ने भावना नै नराख्नु इश्वर संग सधैँ यो प्रार्थना गर्नुस कि हे भगवान मलाइ येस्तो सद्बुधि दिनुस जसको कारण म हजुर को स्रिस्टि मा हजुरका कुनै पनि सन्तान लाइ अनिष्ट गर्ने वा उसलाई दुख पुर्याउने कारण न बनुं
सदैब सबैको सच्चा हित -कामना गर्नुस र यथासाध्य सेवा गर्ने वृत्ति राख्नुस ! कोढी, अपाहिज, दु;खी-दरिद्र लाइ हेरेर यो नसम्झनु कि यिनीहरु आफ्नु नराम्रो कर्मको फल भोग्दैछन ! जस्तो गरे तेस्तै खेप्दैछन , उसलाई उपेक्षा नगर्नुहोस उसलाई घृणा नगर्नुहोस उसलाई रुखो ब्यबहार नदेखाउनुहोस उ चाहे पापी भन्दा पापी किन नहोस हजुरको काम उसको पाप देख्ने होइन ,हजुरको कर्तब्य भनेको आफ्नु यथा सक्ति उसको भलाइ गर्नु उसलाई सेवा गर्नु हो ! यहि भगवान को आज्ञा हो सास्त्रले सिकाएको सिक्षा हो यो सबै गर्न सक्नु हुन्न भने कमसेकम यती त अबस्य ख्याल राख्नुस जसले तपाइँ लाइ न कैले कस्ट दिएको छ न कुनै अनिष्ट नै भएको छ उ द्वारा भने किन व्यर्थमा हामि उसलाई कस्ट दिएर ,दुख पुर्याएर पाप को भागी बन्दछौ ! जसको नराम्रो फल स्वयम हामीले नै भोग्नु पर्दछ ! ! ! ! ! ! !
***राधे राधे ***

0 comments:

Post a Comment